एक दिन संसद बैठक चलेर गण्डकी प्रदेश सभाको अधिवेसन अन्त्य

पोखरा। गण्डकी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । नयाँ निर्वाचनपछि प्रदेशसभाको दोस्रो अधिवेशन शनिबार सुरु भएको थियो।

शनिबार रातिदेखि नै अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि अधिवेसन बोलाउन प्रदेश प्रमुखलाई प्रश्ताव गरेका थिए।

तर अधिकारीले विश्वासको मत पाएनन्। शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई प्रश्ताव गरेको हो । अहिले सरकार कामचलाउ भैसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =