स्वर्णीमलाई आयोगले सोध्यो स्पष्टीकरण
२०८० वैशाख १० गते

पोखरा । तनहुँ १ मा रास्वपा उम्मेद्वार स्वर्णीम वाग्लेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता विपरित काम गरेको आरोपमा उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
प्रचारप्रसार निषेधको अवधिमा आइतबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको उजुरी उनी विरुद्ध परेको छ ।
उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








