मदनकृष्णले रक्तदान कार्यक्रम आयोजना गरी मनाए जन्मदिन
२०८० वैशाख १० गते

काठमाडौँ । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
आईतवार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् । सो अवसरमा अग्रज कलाकार हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन् । अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए । जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रम स्थल पुगेका थिए ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








