बारा-२ : जसपा नेतासँग भेटिए दुई मतपत्र, अवस्था तनावग्रस्त

जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत मतदान जारी रहेको बेला बारा-२ मा एक जनासँग दुईवटा मतपत्र फेला परेको छ । दुईवटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ ।

बाराको देवताल गाउँपालिका-७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुईवटा मत्रपत्र फेला परेको हो । मतदानस्थलमा दुईवटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिका सदस्य समेत रहेका यादव अहिले प्रहरी नियन्त्रणमा छन् । यादवसँग दुईवटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *