शिक्षकले विद्यार्थीलाई नपढेको भन्दै पठाओ चलाउन लाउनु भनेको प्रति आपत्ति

लेखक तथा निर्देशक उपेन्द्र सुब्बाकी छोरीमाथि अपमानित गर्दै विद्यालयले पठाओ चलाउनु भन्दै दिएको अभिव्यक्तिप्रति पठाओ कम्पनीले आपत्ति जनाएको छ।

पठाओका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले विज्ञप्ति जारी गर्दै सबै पेशा र व्यवसायलाई सम्मान गर्न र भोलिका दिनमा नदोहोर्याउन आग्रह गरेका छन्।

ललितपुरको डीएभी स्कुलका भाइसप्रिन्सिपल लगायतका शिक्षकले यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ भन्दै अभिवयक्ति दिएको सुब्बाले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।

सबै पेशालाई सम्मान गर्न सिकाउनु पर्ने शिक्षकहरुबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुखद भएको पठाओले जनाएको छ। केही गर्न नसकेपछि पठाओ चलाउने भन्ने आशयले विद्यालयका शिक्षकले अभिवयक्ति दिएका थिए।

कम्पनीले यस्तो अभिव्यक्तिको खण्डन गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *