ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

आजको नेपाली टिममा करण केसी समावेस भएका छन् । करण गुलशन झाको ठाउँमा प्लेईङ ११ मा समावेश भएका छन् । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी रहेका छन् ।

नेपाल र ओमानबीचको खेल आइसीसीको एकदिवसीय खेल हुने छ र नेपालको लागि यो ५०औं एकदिवसीय खेल हुने छ । जारी प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गरेको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

यस अघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई सजिलै पराजित गरेको थियो । तर अहिलेसम्म नेपाल र ओमानबीच भएका ६ एकदिवसीय खेलमा ओमानले चार खेलमा जित हासिल गरेको छ भने नेपालले दुई खेलमा जितेको छ । घरेलु मैदानमा आफ्ना फ्यानहरुको उपस्थितिमा खेल्न लागेकोले नेपालले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =