सन्दीपविरुद्धको मुद्दामा सोमबार अन्तिम सुनुवाइ, डाक्टर र क्रिकेटरको पनि बकपत्र सकियो

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आगामी सोमबार अन्तिम सुनुवाइ हुने भएको छ। जिल्ला अदालत काठमाडौंले यो मुद्दा फैसलाका लागि सोमबार पेशी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको पनि बकपत्र सकिएसँगै अन्तिम सुनुवाइका लागि पेशी तोकिएको हो।

जिल्ला अदालत काठमाडौंले बुधबार दुवै जनाको बकपत्र गराएको छ। अब भने मुद्दाको फैसला हुनेछ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा आज बकपत्र सकिएको छ।

यसअघि चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा भदौ २१ गते जाहेरी दिएकी थिइन्।

असोज २० गते पक्राउ परेका सन्दीपलाई कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनामा पठाएको थियो।

तर, उनको आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई थुनामुक्त गरेको थियो। सर्वोच्चले उनीमाथिको प्रतिबन्ध हटाउँदै विदेश जान अनुमति दिएको थियो।

अब यो मुद्दाको अन्तिम फैसला हुनेछ। फैसलासँगै जेलमा फर्किने वा सफाई पाउने भन्ने टुंगो लाग्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =