राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

यसअघि सोमबार पनि राष्ट्रपति पौडेल अस्पताल गएका थिए। बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो। सोमबार स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो।

तर मंगलबार उनको स्वास प्रस्वासमा समस्या देखिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का साँझ अस्पताल पुगेका छन्।

मन्त्रिपरिषद् बैठक लगतै मन्त्री खड्काले अस्पताल पुगेर राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *