नेपाललाई पहिलो सफलता, गुलशनले लिए विकेट

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो खेलमा अहिले मलेसियाले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ । नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन् । गुलशनले १७ रन बनाएर खेलिरहेका मलेसियाका मुहमद अमिरलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल मलेसियाले ७.२ ओभरमा एक विकेट गुमाएर ३२ रन बनाएको छ ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =