एसीसी प्रिमियर कप : मलेसियाको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालमा आजबाट एसीसी प्रिमियर कप सुरु हुँदैछ । आज उद्घाटनको दिन दुई खेल हुने भएका छन् ।

घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदान सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।

उपाधिको प्रमुख दाबेदार नेपाल तुलनात्मक रुपमा कमजोर मलेसियालाई हराउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । मलेसिया पनि उत्कृष्ट प्रदर्शन चाहन्छ ।

मुलपानी मैदानमा अर्काे खेल हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।

प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =