लालपुर्जा फुकुवा भएसँगै फर्किएको खुसी (तस्बिरहरू)

सुनवल । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयहरू खुसी भएका छन् । वि.स. २०६७ मा जग्गा पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो ।

रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानीयहरू हर्षित भएका हुन् । १२ वर्षपछि जग्गा फुकुवा हुँदा आफूहरू हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयहरूले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेन्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाई छ ।

राष्ट्रिय भूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुङ्ग्याएको बताए । पटक पटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयहरू सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताए । उनले पछि मालपोतबाट जग्गाको काम भएपछि मात्र स्थानीयहरूले विश्वास गरेको भण्डारीको भनाई छ ।

पश्चिम नवलपरासीमा पटक पटक बनेका भूमि सम्बन्धी आयोगले विगतमा जग्गा नाप जाँच लगायतका कार्यहरू गरे पनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिब ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नाप जाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व सङ्कलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =