हेमजाले बेच्यो २८ लाखको आलु

पोखरा । आलु गाउँका रूपमा प्रख्यात पोखरा २५ हेमजाबाट यो वर्ष २८ लाखको आलु बिक्री भएको छ । राष्ट्रिय आलु महोत्सवको अवसरमा ८० टन आलु बिक्री भएको किसानहरूले बताएका छन् । स्थानीय विष्णु पादुका युवा क्लबले २६ गतेदेखि महोत्सव आयोजना गरेको हो ।

महोत्सवस्थलमा आलुको पहाड नै निर्माण गरिएको थियो । सोही पहाडबाट आलु बिक्री गरिएको हो । प्रतिकिलो ३५ रुपैयाँमा आलु बिक्री भएको महोत्सवको आलु संकलन तथा कृषि परिचालन समितिका संयोजक जयराज तिमिल्सिनाले जानकारी दिए ।

हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको विश्वास छ । हेमजाले पोखरामा सबैभन्दा बढी तरकारीको माग धानेको छ । २५ देखि ३० प्रतिशत तरकारीको माग हेमजाले धानेको पोखरा महानगरले जनाएको छ । पोखरा महानगरले सोही अवसरमा उत्कृष्ट आलु उत्पादक किसानलाई सम्मान गरेको छ ।

देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र नीरज तिमिल्सिनालाई सम्मान गरिएको हो । यस्तै, कृषि तथा पशु विकास शाखाले किसान परिचय पत्र पनि वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *