पोखरामा विश्वका झण्डा राखेर पार्क निर्माण गरिँदै

पोखरा । पोखरा महानगरपालिकाले विश्वका सबै देशको झण्डा राखेर पार्क निर्माण गर्ने भएको छ । महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्कको शिलान्यास गरिएको छ । लायन्स क्लबहरुको सहयोगमा पार्क निर्माण गर्नका लागि मेयर धनराज आचार्यले शिलान्यास गरेका हुन् ।

चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु राखिने छन् । बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने आचार्यले बताए । पार्क निर्माणमा पोखरा महानगर सहित लायन्स क्लब र एनआरएनएको समेत झन्डा फहराइने महानगरले जनाएको छ ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्नका लागि डिजाइन गरिएको र बाँकी देशको पनि बिस्तारै थप्दै लगिने योजना छ ।

४५ दिनमा निर्माण सक्ने गरी सम्झौता भएको योजनामा लायन्स क्लबहरुले ७० लाख सहयोग गर्ने छन् । बाँकी रकम महानगरले लगानी गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *