पोखरामा खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु
२०८० वैशाख २ गते

काठमाडौँ। पोखरामा खाल्डोमा खसेर एक बालिकाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको खाल्डोमा खसी वडा नं ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुलीको ज्यान गएको हो।
खाल्डोमा खसेकी बालीकालाई सशस्त्र प्रहरीले अन्दाजी २०० मिटर गहिराईबाट निकालेको थियो।
घटनाको जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उनलाई निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए।
२०८० वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








