राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउन भनसुन आवश्यकता पर्दैन : डा. चिरञ्जीवी नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्व गभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैङ्कमा जागिर पाउन सक्ने बताएका हुन् । उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भनसुनको महत्त्व आफूले नदेखेको पटक पटक दोहो¥याए । पूर्व गभर्नर नेपालले आफ्नो क्षमता आफैँले उजागर गर्न सके विद्यार्थीहरूले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाई थियो ।

पूर्व गभर्नर नेपालले व्यापार गर्नका लागि झन् धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराए । उनले भने, ‘मेरो सोर्स चाहिन्छ । सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईँहरूले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो । त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिँदैन । क्षमतालाई आफैँले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढी जानेको छस् भन्ने हुँदै हुँदैन । आफैँले कोसिस गरेर आफैँ जान्ने हुने हो ।

भगवानले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग ग¥यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो ? भन्दा दिमाग हो । यसलाई जति प्रयोग ग¥यो, त्यति फाइदा हुन्छ । जतिसक्यो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ । मलाई दुःख लाग्छ । हामी कहाँ कस्तो संस्कार भयो भने १० कक्षा दश वर्ष फेल भयो । त्यस्तोलाई दुकान खोल भनेर बाबुआमाले पैसा दिन्छन् । व्यापार गर्नलाई त सबैभन्दा बढी पढ्नु पर्छ ।’

पूर्व गभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्क समेत गरे । उनले माध्यमिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरूको भविष्य आफूले नेपालमा राम्रो देखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =