न्यूजील्याण्डमाथि पाकिस्तानको फराकिलो जित

काठमाडौँ । पाकिस्तानले टी-२० सिरिजको पहिलो खेलमा न्यूजील्याण्डलाई ८८ रनले पराजति गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भएपछि खेल ८८ रनले हारेको हो ।
न्यूजील्याण्डका लागि मार्क चापम्यानले सबधिक ३४ रन बनाए भने कप्तान टम लाथमले २० र जेम्स निशामले १५ रन बनाए । पाकिस्तानका बलर हरिस राउफले सर्बाधिक ४ विकेट लिएका थिए भने इमाद वाशिमले २, शाहिन शाह अफ्रिदी, जमान खान, फहीम अशरफ र शदाब खानले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.५ ओभरमा अल आउट हुदै १८२ रन बनाएको थियो । पाकिस्तानका लागि फकर जमान र सैम आयुबले ४७-४७ रन बनाएका थिए भने इमाद वासिमले १६, फहीम अशरफले २२ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले ३ विकेट लिए भने एडम मिल्ने र बेन लिस्टरले २-२ विकेट लिए । त्यस्तै जेम्स निशाम र इश सोढ़ीले एक एक विकेट लिए । योसँगै ५ खेलको टी-२० सिरिजमा पाकिस्तानले १-० को अग्रता बनाएको छ । अब दोस्रो खेल सोमबार हुने छ ।








