२०७९ रिभ्यु : गण्डकीले ब्यहोर्‍यो ठूला विमान दुर्घटना

पोखरा । २०७९ साल गण्डकी प्रदेशका लागि सम्झन लायक रहेन । चुनावी वर्षका रुपमा २०७९ रहे पनि चुनावकै समयमा गाडी दुर्घटना भएर धेरै मान्छेको ज्यान गएको छ । त्यो भन्दा बढी मान्छेको ज्यान जाने गरी ठूला विमान दुर्घटना गण्डकीले सामना ग¥यो ।

जेठ १५ गते मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । माघ १ गते पोखरामा अर्को ठूलो दुर्घटना भयो । यती एयरको जहाज पोखरामा अवतरण गर्ने क्रममा सेती खोँचमा खस्दा ७२ जनाले अनाहकमा ज्यान गुमाए ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान गर्न गएका स्याङ्जाका १४ जनाले जीप दुर्घटनामा परेर ज्यान गुमाए । वालिङ १४ पञ्चमुलमा जीप पल्टिएको हो । त्यस बाहेक विभिन्न सडक दुर्घटनामा गण्डकीले सयौँ नागरिक गुमाएको छ ।

बाढी पहिरो र जलवायू परिवर्तनको असर प्रदेशले थेग्नुप¥यो । मुस्ताङ देशकै सबैभन्दा बढी तापक्रम वृद्धि हुने जिल्लाका रुपमा दर्ज भएको छ । अरु ठाउँमा १० वर्षमा हुने तापक्रम वृद्धि मुस्ताङमा एकै वर्ष हुन्छ । मनाङ, म्याग्दी, बागलुङ, गोरखा लगायत जिल्लाहरूमा बाढीका कारण धनजनको क्षति भएको छ । समग्रमा गण्डकीको २०७९ साल उत्साहप्रद रहेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *