फेरि विथोलियो पिएनको चुनाव, भएन मनोनयन दर्ता

पोखरा । चैत ५ को निर्वाचन भाँडिएपछि बैशाख ३ गते हुने भनिएको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन फेरिपनि नहुने भएको छ ।

विद्यार्थीहरुबीच सहमति भएपछि चुनावको लागि पुनः तालिका सार्वजनिक भएको थियो । बुधबार मनोनयन दर्ता र ३ गते निर्वाचनको कार्यक्रम छ । तर बुधबार कसैले पनि मनोनयन दर्ता गरेनन् ।

विद्यार्थीहरुले निर्वाचन समितिबाट अनावश्यक रुपमा सूचना चुहावट भएको भन्दै ति कर्मचारीको कारबाहीको माग गरेका छन् । क्याम्पसमा उनीहरुले लगाएको ताला अझै खुलेको छैन । निर्वाचन अधिकृत प्राडा विकास केसीका अनुसार विद्यार्थीले ताला नखोलेपछि निर्वाचन पुनः विथोलिएको हो ।

‘पहिलेको ताला खुल्यो । मंगलबार फेरि ताला लगाए । बुधबार मनोनयनको समयसम्म ताला खुलेन र प्रक्रिया अघि बढेन,’ उनले भने, ‘सहमतिमा नगए पिएनको चुनाव हुने सम्भावना टर्दै गएको छ । ५ गतेपछि त्रिविले नै निर्वाचन नगर्न भनेको छ ।’

विद्यार्थीहरुले भने माग पुरा नहुँदासम्म ताला नखोल्ने अडान राखेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी संयुक्त र अखिल छैठौंले संयुक्त रुपमा ताला लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =