पोखराका ४ पत्रकार एकै मञ्चमा पुरस्कृत

पोखरा। पोखरामा क्रियाशिल ४ जना पत्रकार एकै मञ्चबाट पुरस्कृत भएका छन् । पत्रकार महासंघ कास्कीले स्थापना गरेको पोखरा पत्रकारिता पुरस्कार नवीन सिग्देललाई अर्पण गरिएको छ।

उनलाई ३५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । संस्थातर्फको सम्मान भने लक्ष्मी हाउसले पाएको छ।

यस्तै, टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट भुपाल गुरुङ पुरस्कृत भएका छन् । २० हजार १ सय ११ नगद सहित उनलाई सम्मान गरिएको हो।

महासंघले नै सञ्चालन गरेको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कारबाट २ जना सम्मानित भए । २०७८ को पुरस्कार गौरव त्रिपाठी र २०७९ को पुरस्कार दुर्गा रानाले प्राप्त गरेका हुन्।

पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ । चारै जनालाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृत गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =