पोखराको लेकसाइडमा नयाँ वर्ष महोत्सव सुरु

पोखरा । पोखराको लेकसाइडमा बुधबारदेखि फेवा नयाँ वर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखराले आयोजना गरेको महोत्सव बैशाख १ गतेसम्म चल्ने छ।

महोत्सव अघि लेकसाइडमा विभिन्न सांस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । महोत्सवलाई उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले कोभिडपछि थलिएको पर्यटन उकासिन यस्ता महोत्सवले सहयोग पुग्ने बताए ।

उनले पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको भन्दै निरन्तर माथिल्ला सरकारको ढोका ढकढक्याउने सुनाए।

‘फाइल मुख्य सचिवको टेवुलमा छ । छिटै पोखरा पर्यटकीय सहर घोषणा हुन्छ,’ उनले भने, ‘योसँगै हामीले हिमागृह र रत्नमन्दिर पनि खुलाउनुपर्छ भनेर बुलन्द आवाज राखेका छौं । अहिले सरकार सकारात्मक छ ।’

महोत्सव अवधीभर पोखराका होटलहरुमा २० प्रतिशत छुट दिइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि पहल गरिदिन सरोकारवालासँग आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *