बैंगलोरमाथि लखनउले निकाल्यो रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलोरले दिएको २१३ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा निकोलस पुरनले सर्बाधिक १९ बलमा ६२ रन बनाए भने मार्कस स्टोइनिसले ३० बलमा ६५ रन बनाए ।
आयुष बदानीले ३० र कप्तान के एल राहुलले १८ रन बनाएका थिए । बैंगलोरका बलर मोहमद सिराज र वाने प्रनिलले ३-३ विकेट लिए भने हर्षल पटेलले २ तथा कर्ण शर्माले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलोरले २० ओभरमा २ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले अविजित ७९ रन बनाए भने विराट कोहलीले ६१ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २९ बलमा ५९ रन बनाए । लखनउका बलर मार्क वूड़ र अमित मिश्रले एक एक विकेट लिएका थिए ।
यो जितसँगै लखनउको ४ खेलमा ३ जितसहित ६ अंक भएको छ र अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बैंगलोरले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।








