कास्कीमा लागू औषध दुर्व्यसनी घट्यो

पोखरा । कास्कीमा लागुऔषध दुर्व्यसनीको संख्या घटेको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा अध्यावधिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५८ वटा मात्रै मुद्धा दर्ता भएका हुन्।

आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ४९ र २०७८÷०७९ मा २ सय ४३ मुद्धा दर्ता भएको थियो । अघिल्ला वर्षभन्दा यो वर्ष दुव्र्यसनीको संख्या घटेको प्रहरी निरीक्षक तिलक मानन्धरणले जानकारी दिए ।

‘९ महिनाको विवरण हेर्दा संख्या घटेको देखिन्छ । अबको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिँदैन,’ उनले भने । सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका युवाहरु दुव्र्यसनीमा फस्ने गरेको तथ्यांक छ । यो समूहका मात्रै ५२ प्रतिशत छन् ।

२५ देखि ३५ वर्षका ४२ प्रतिशत र बाँकी ३१ प्रतिशत ११र १२ कक्षा पढ्ने विद्यार्थीहरु छन् । विद्यार्थीहरु साथी संगीहरुका कारण लतमा फस्ने गरेको अध्ययनबाट देखिएको प्रहरीको भनाइ छ ।

दुव्र्यसनीबाट जोगाउन अभिभावक नै सक्रिय हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागु औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने सुझाव दिएकी छिन् ।

‘कुलतमा सबैभन्दा बढी किशोरावस्थाका बालबालिका फसकेका छन् । यसको प्रमुख कारण अभिभावकको रेखदेख कम भएको नै पुष्टी हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले अभिभावक बढी चनाखो हुनुपर्ने भयो ।’

उनले लागू औषधको सचेतना सम्बन्धि विषयहरु पाठ्यक्रममै व्यवस्था गरिनुपर्ने बताएकी छिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *