भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा आजदेखि सुरु (तस्बिरहरू)

भक्तपुर । करिब १५०० वर्ष भन्दा पुरानो मानिने भक्तपुरको धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बिस्काः जात्रा आज (चैत्र २७ गते)बाट सुरु भएको छ।

विक्रम सम्बतको नयाँ वर्षसँगै सुरु हुने बिस्काः जात्रा, आज तैमढीस्थित पाँचतले न्यातपोल मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याउँदै काशी विश्वनाथको स्वरूप मानिने भैरवनाथको रथ तानेपछि सुरु भएको छ । बिस्का: जात्रा भक्तपुरमा आजबाट आठ रात, नौ दिनसम्म  मनाइन्छ।

प्यागोडाशैलीमा निर्माण गरिएको काठको तीनतले रथमा भैरवनाथको मूल मूर्ति  र बेताल भैरवको मूर्तिलाई तान्त्रिक विधि अनुसार पूजा गरेर विराजमान गराई तौमढीस्थित न्यातपोल मन्दिर प्राङ्गणबाट रथ तान्न सुरु गरिन्छ । रथ तान्दा  सुरुमा तने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । अघिल्लो भागमा ५ र पछिल्लो भगमा ४ वटा डोरी बाँधेको रथ तान्नुअघि भैरवनाथको विधिवत् पूजा गरिन्छ । रथमा खड्ग, तरवार, निशान राख्ने परम्परासमेत रहिआएको छ।

तस्बिरहरू:-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *