पन्जाब हार्‍यो, हैदराबादको पहिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाबले दिएको १४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १७.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सका लागि राहुल त्रिपाठीले अविजित ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले अविजित ३७ रन बनाएका थिए । त्यस्तै मयंक अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन बनाएका थिए । त्यस्तै पञ्जाबक बलर अर्शदीप सिंह र राहुल चहरले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाब्ले शिखर धवनले अविजित ९९ रन बनाए भने साम करनले २२ रन बनाए । पञ्जावका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै सनराइजर्सका बलर मयंक मारकंडेले सर्बाधिक ४ विकेट लिए भने मार्को जान्सेन र उमारान मालिकले २-२ विकेट लिए । यो खेलपछि सनराइजर्सले आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =