अन्तिम पाँच बलमा लगातार छक्कासँगै गुजरातमाथि कोलकाताको अविश्वसनीय जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले गुजरात टाइटन्सलाई रोमाञ्चक ३ विकेटले पराजित गरेको छ ।
२०५ रनको लक्ष्य पाएको कोलकोताले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०७ रन बनायो । अन्तिम ओभरमा कोलकोताका रिन्कु सिंहले लगातार ५ छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाएका हुन् ।
कोलकोताका लागि वेनकटेस आयरले सर्वाधिक ८३ रन बनाए । नितिस राना ४५, रिन्कु सिंह अविजित ४२ र रमानुदुल्लाह गुरबाज १५ रन बनाए । गुजरातका लागि रसिद खानले ३, अलजरि जोसेप २, महोम्मद सामी र जोश लिटिलले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शन ५३, विजय शंखरले अविजित ६३, सुभमन गिल ३९, रिदिमान साहले १७ र अभिवभ मनोहरले १४ रन बनाएका थिए । कोलकोताका सुनिल नारायणले तीन विकेट लिए । त्यस्तै सुयास शर्माले एक विकेट लिए ।








