सांसद ढाका भन्छन्ः मलाई फसाउन खोजिएको छ, त्यो स्वर मेरो होइन

पोखरा । लेनदेन अडियोका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफुलाई फसाउने प्रयास गरिएको बताएका छन् । आफ्नो ‘रियल’ स्वर र अडियोको स्वरमा आकाश जमिनको फरक रहेको उनको तर्क छ ।

‘अडियो मेरो होइन । मेरो मोवाइलबाट कसैले फोन गरेको भए थाहा भएन,’ उनले भने, ‘त्यो मेरो स्वर होइन । जुनसुकै मेसिनमा गएर पनि म चेक गराउन सक्छु ।’

उनले रास्वपा र आफुलाई फसाउने प्रयास गरिएको बताए । ‘मान्छेलाई फसाउन खोजिएको हो ।

हाम्रो पार्टीलाई कतिसम्म फसाउन खोजिएको छ भन्ने बुझ्न सकिन्छ,’ उनले अघि भने, ‘मेरो स्वर होइन । क्लियर कट छ । यो स्वर र त्यो स्वरमा आकाश जमिनको फरक छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =