सन्दीपको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।

यसअघि दुई पटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समय अभावका कारण नभ्याइनेमा राखिएको थियो । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ ।

सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।

दुवै पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालतको आदेश संशोधन गर्दै सन्दीपमाथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =