प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल

रुपन्देही । प्रगतिशील पत्रकार संघको केन्द्रीय समिति अध्यक्षमा श्यामलाल पोख्रेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न संघको अधिवेशनले प्युठान घर भई हाल रुपन्देही निवासी पोखरेल अध्यक्ष बनेका हुन् ।

त्यसैगरी प्रकाश थापामगर महासचिव, विनोद पौडेल उपाध्यक्ष, ताराप्रसाद शर्मा सचिव, गोपाल प्रसाद भट्टराई सचिव, प्रज्ज्वल पहाडी कोषाध्यक्ष, महेश रिजाल सचिवालय सदस्य, नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरि किशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा सदस्यमा निर्वाचित भएका छन् ।

संघको वैकल्पिक सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुल दीप न्यौपाने, ४ सदस्य रिक्त रहेका छन् । सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, वैरागी जेठा, शशि सापकोटा, ईश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य चयन भएका छन् ।

अधिवेशनका क्रममा संस्थापक तीन जना सदस्यहरु सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मान गरिएको थियो । अधिवेशनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तारा थापा लगायतका नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =