सन्दीप जेल जाने कि, सफाइ पाउने आज टुंगो लाग्छ ?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका लामिछाने विरुद्धको मुद्दाको पेसी तोकेको हो ।
मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।दुवै
पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालतको आदेश संशोधन गर्दै सन्दीपमाथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो । अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।









आज संदिप लामिछाने ले सफाई पाउनु पर्छ किन भने संदिप भनेको देशको सान हो । अर्को कुरा संदिपले कुनै अपराध गरेका पनि छैनन् र गर्न पनि सक्दैनन् यदि गरेको हो भन्ने पुष्टि हुन्छ भने सजाय पाउनु पर्छ । हाम्रो नेपाल मा कुनै स्त्रि ले कसैलाई बलात्कार को आरोप लगायकै भरमा पनि आरोपि लाई सजाय हुन्छ यो हुनु भनेको सरासर गलत हो त्यसेैले यस्तो हुनुहुँदैन आज संदिपले सफाइ पाउनु पर्छ । आरोप लगायकै भरमा कसैलाई पनि सजाय हुन हुदैन ।
Sandeep Dosi hudai hoina kinaki k t aafno raji khusi sendy sanga ghum thiyo hotels janthiyo ani very important kuro k.t. baish Farak xa 2 ota janma miti xa sendy le safai paunu parxa