पर्यटक लोभ्याउने सौराहाको जंगल सफारी (तस्बिरहरू)

सौराहा । चितवनको प्रमुख पर्यटकीय गन्तव्य हो राष्ट्रिय निकुञ्ज प्रमुखद्धारको रूपमा रहेको सौराहा । महेन्द्र राजमार्गबाट करिब ७ किलोमिटर भित्र अवस्थित सौराहा चितवन आउने पर्यटकको लागि मुख्य गन्तव्य बन्ने गरेको छ ।

यहाँ पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकको लागि जंगल सफारी र हात्ती सबैभन्दा महत्त्वपूर्ण र आकर्षक पक्ष हो । थारु सांस्कृतिक नाच, भिलेज वाक, बोटिङ तथा राप्ती नदीको किनारबाट निकै सुन्दर सूर्यास्तको पनि मज्जा लिन सकिन्छ, सौराहामा ।

हात्तीको प्रजनन केन्द्र पनि रहेकाले अध्ययन गर्न चाहनेलाई पनि यो क्षेत्र महत्त्वपूर्ण रहेको छ । विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाले पनि पर्यटकको ध्यान तान्ने गरेको छ । पर्यटकहरूले पैदल (जंगल वाक), जिप सफारी र हात्ती सफारीबाट निकुञ्जका जनावरहरू, चराचुरुङ्गी, जंगली वनस्पतिको अवलोकन गर्दछन् ।

स्थानीय पर्यटन तथा होटेल व्यवसायीहरूले विभिन्न प्याकेज बनाएर पाहुनालाई जिप तथा हात्तीमार्फत जंगल सफारी गराउँदै आइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको कुम्रोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जिप सफारी गर्दाको केही दृश्यहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *