सिटिजन लाइफले सुरु गर्‍याे सुनौलो १०० दिन अभियान

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि आउँदो असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत सुनौलो १०० दिन अभियान सुरु गरेको छ । पुरै देश आर्थिक संकटबाट गुज्रिरहेको अवश्थालाई परिवर्तन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले यो अभियानको उद्घाटन गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत

पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्का र सुनिल पोखरेलले उक्त अभियानको उद्घाटन गरेका हुन् ।

सिटिजन लाइफले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

आम मानिसमा बीमाको पहुँच पु¥याउने, यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरबारे चेतना विकास गर्ने र स्थानीय तहमा व्यवसायिक अभिकर्ता निर्माण गर्ने अभियानको उद्देश्य छ ।

चुनौतीपूर्ण समयमा चुनौतीप्रती मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उद्देश्य लिएर त्यस प्रती बढी केन्द्रीत रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ भन्ने कम्पनीको ध्येय रहेको जनाएको छ ।

जीवनको अप्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो । संकटको समयमा यसबाट नै बढी मद्दत मिल्छ । त्यसैले, बीमा विलासिता नभई अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउन चालू आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अघि बढाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *