युवतीलाई जबरजस्ती गरेको आरोपमा ६० वर्षीय कटवाल पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा एक पुरुष पक्राउ परेका छन् । २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्साका ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले पक्राउ गरेको हो ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =