सेती नदिमा माघ ९ देखि बेपत्ता गुरुङ्गको शव गोताखोरले निकाल्यो

काठमाडौँ। गत माघ ९ गते सेती नदिमा हाम फालेर बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।
कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनी गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएका थिए।
पोखरा महानगरपालिका १६ दिपस्थित केआई सिंह पुलबाट लामाचौरका ३१ वर्षिय अल्का गुरुङ्ग पनि मंगलबार उक्त नदीमा हामफालेका थिए।
उनको खोजिका लागि नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको हो। अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको डीएसपी थापाले बताए।
गुरुङको शव पोष्टमको लागि पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।








