नयाँ वर्षमा बन्दिपुर पुग्ने पहिलो पर्यटकलाई प्रत्येक होटलले १ रुपैयाँमै बास दिने
२०७९ चैत २२ गते

Main bazaar in Bandipur
पोखरा । आउँदै गरेको नयाँ वर्ष २०८० मा बन्दिपुर पुग्ने पहिलो पर्यटकले १ रुपैयाँमै बास बस्न पाउने भएका छन् । बन्दिपुरका होटलमा पुग्ने पहिलो पाहुनाले १ रुपैयाँमा नै एउटा कोठा पाउने छन् ।
कोरोना पछि मुर्झाउन लागेको बन्दिपुरमा पर्यटकलाई नै आकर्षित गर्न यस्तो व्यवस्था ल्याइएको हो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान भन्छन्, ‘होटलमा पहिलो इन हुने पर्यटकले एक रुपैयाँमा कोठा पाउँछन् ।’
बन्दिपुरमा ७० वटा होटलहरु दर्ता भएका छन् । नयाँ वर्षको अवसरमा बैशाख १ गते समितिले विभिन्न कार्यक्रम आयोजना गर्दै छ।
२०७९ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








