ओलम्पिक छनोटका लागि नेपाल र भियतनामबिचको खेल सुरु

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि ‘एसियन क्वालिफायर्स राउन्ड १’ को छनोट खेलमा आज नेपाली महिला फुटबल टिमले त्रिपुरेश्वरस्थित दशरथ रंथशालामा भियतनामको सामना गर्दैछ । घरेलु मैदानमा नेपाल र भियतनाम बिचको खेल आज साँझ ६ बजेदेखि सुरु भएको हो ।

अर्को वर्ष हुने फिफा महिला विश्वकपमा एसियाको प्रतिधिनित्व गर्दै स्थान सुरक्षित गरिसकेको भियतनाम, फिफाको विश्व वरियताको ३३ औँ स्थानमा रहेको छ । तर नेपाल भने वरियताको १०० औँ स्थानमा रहेको छ ।

विश्वकप पनि खेल्ने र वरियतामा पनि माथि रहेको भियतनामसँग घरेलु मैदानमा जित निकाल्नु नेपालको लागि ठुलै चुनौती रहेको छ ।

नेपाल र भुटान ‘एसियन क्वालिफायर्स राउन्ड १’ को समूह सी मा रहेका छन् । यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर ती दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र बाँकी रहेका हुन् ।

डबल राउन्ड रोबिन अन्तरगत हुने यो छनोट प्रतियोगिताको दोस्रो खेल चैत्र २५ गते हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *