मिटरब्याज पीडितहरूको प्रदर्शन जारी (तस्बिरहरू)

काठमाडौँ । कैलाली, बाँके, दाङ, रुपन्देही, नवलपरासी, झापा, सुनसरी, तनहुँ, कास्की, उदयपुर सहित मधेसका ८ जिल्लाका करिब ४५० जना मिटरब्याज पीडितहरूले काठमाडौँ आएको आज तेस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्।

चैत्र २० गते ‘न्यायको लागि संघीय राजधानी’ आएका पीडितहरूले आज शान्तिबाटिका देखि भद्रकाली, माइतीघर हुँदै नयाँ बानेश्वर सम्म पैदल मार्च गरेका हुन्। काठमाडौँको शान्तिबाटिकामा  रात कटाएका उनीहरूले हिजो (चैत्र २१) दिउसो शान्तिबाटिका देखि बालुवाटार सम्म मार्च गरेका थिए। यसअघि गत असोजमा गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले सरकारले आफूहरूको समस्याको समाधान नगरेको भन्दै पुनः संघीय सरकारलाई दबाब दिन काठमाडौँ आएका हुन्।

केही हप्ता अघि महोत्तरीबाट १२ दिन पैदल हिँडेर मदेश र कोशी प्रदेशका १० जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौँ आएका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत्र १८ गते भेटेर आफ्नो वास्तविकता सुनाएका छन्। चालु संसद्को अधिवेशनमा समेत सांसदहरूले विशेष र शून्य समयमा पीडितहरूको पक्षमा आवाज उठाएका थिए।

तस्बिरहरू:-

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *