बौद्धमा तेमाल जात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा आज सुरु भएको छ । प्राचीन कालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल जात्रा नामकरण गरिए पनि आजकाल भने देशभरका मानिसहरू आउने गर्दछन् ।

मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र काठमाडौँ उपत्यकाका तामाङ समुदायको जात्रामा भीड लाग्ने गर्छ । विशेष गरी जात्रामा तामाङ समुदायले दिवङ्गत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमि बत्ती बाल्दै लामा गुरुहरूद्वारा विशेष पूजा पाठ (ङोपा-मोन्लम) गर्छन् ।

चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ ।

तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुसीमा तेमाल जात्रा चलाएको किंवदन्ती रहेको छ । उनले विक्रम संवत् १८९१ असोज २ मा तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ । अहिले सरकारले यस जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *