किसान भन्छन् : फूल खेतीमा ‘करिअर’ राम्रो छ

काठमाडौँ । फूल प्रकृतिको सुन्दर र सुगन्धित सृष्टि हो । नेपाली समाजमा जन्मदेखि मृत्यु संस्कारमा समेत फूलको आवश्यकता पर्दछ । विभिन्न धर्मकर्म, पूजापाठ, प्रेमलाप, पाहुनाको स्वागत तथा घर वा वातावरणको सजावट गर्न पनि फूलको विशेष महत्त्व रहन्छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा–९ का रामेश्वर बासी विगत ८ वर्षदेखि फूल खेती गरिरहेका छन् । उनी कट फ्लावर उत्पादक हुन् । करिब १३ रोपनी जग्गामा गरेको फूलखेतीले राम्रो आम्दानी भइरहेको बताउँछन् । उनले भने, ‘अँ फूल खेतीमा राम्रो आम्दानी छ । हाम्रो नपुगेर इन्डियाबाट पनि ल्याउँछन् । सिजनमा सबै फुलहरू बिक्री हुन्छन् । हामी त परिवार नै मिलेर फूल खेति गर्छौँ ।’

उनले छोराछोरी पनि फुर्सतमा रहेको र आफू पनि फुर्सदिलो भएकाले परिवार नै मिलेर फूल खेती गर्ने गरेको बताए । उनका अनुसार नेपालमा फूलको बजार एकदमै राम्रो छ । सिजनमा उनले जर्बेरा, कारगेसन र विभिन्न रोजफूलहरू उत्पादन गर्ने गरेका छन् । ती फूलहरू उनले पिसको हिसाबले २५ देखि ३० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।

उनी भन्छन्, ‘हामीले सिजनमा जर्बेरा, कारगेसन, रोजहरू २५, ३० रुपैयाँसम्ममा बेच्ने गरेको छौँ ।’

विभिन्न सेमिनार, विवाह, व्रतबन्ध, जन्म दिवसमा फूलको अत्यधिक माग हुने गर्दछ । फूलको सदाबहार माग भएकाले फूल खेतीबाट लाखौँ मानिसहरूले रोजगार पाइरहेको छन् । फूलखेतीमा रोजगार मात्र नभएर जीवन धान्न सक्ने राम्रो करियर भएको उनले बताए । भन्छन् ‘ नेपालमा फुलखेती गरेर जीवन धान्न सक्ने राम्रो करियर छ ।’

पुष्प व्यवसायी रामेश्वर बासी

कागेश्वरी मनोहराका स्थानीय एस एस एग्रिकल्चर सञ्चालक प्रदीप सिङखडा पनि फूलखेतिबाट राम्रो आम्दानी हुने बताउँछन् । उनले वि.सं २०७२ सालबाट फूल खेती सुरु गरेका थिए । सुरुमा विभिन्न विरुवा जम्मा पारेर ग्राफ्टिङ गरेका उनले ती बिरुवाबाट फल पनि फलाए । फल फलाएपछि बेच्न थालिएको उनले बताए ।

‘अहिले मसँग सुन्तलाका विरूवा मात्रै ४५ प्रजातिका छन्, ४०० भन्दा बढी फलफूलका बिरुवाहरू छन्,’ उनले आफूसंग ग्राफ्टिङ गरेका सुन्तला, स्याउ र अन्य फलफूलका बोटबिरुवाहरू रहेको बताए ।

उनका अनुसार सुन्तलाको बिरुवा सबैभन्दा बढी बिक्री हुने बिरुवा हो । ती बिरुवाहरूको मूल्य १० हजारदेखि १ लाखसम्म पर्दछ । उनले बिरुवा अनलाइन र घरबाटै पनि बिक्री गरिरहेको छन् । उनले बोटबिरुवाको विक्रिवितरण एकदमै राम्रो भएको बताए । उनका अनुसार लकडाउनपछि ‘प्लान्ट लभर्सहरू’ पनि बढेका छन् । त्यस कारण पनि बिरुवा तथा फूल खेती रोजगारको राम्रो अवसर भएको उनको भनाइ छ ।

पुष्प व्यवसायी प्रदीप सिङखडा
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *