डराउने, हराउने, विराउने र कराउने सांसदमध्ये गोविन्द भट्टराई पर्नुहुन्न : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुरमा थापाले तनहुँ १ मा उम्मेदवारी दिन लागेका गोविन्द भट्टराई जिताएर संसदमा पठाउन तनहुँका मतदातालाई आग्रह गरेका छन् । १० वैशाखमा हुने प्रनितिसभा उपनिर्वाचनको उम्मेदवारी तयारी कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले संसदमा ४ थरी सांसदको बाहुल्यता देखिएको भन्दै गोविन्द भट्टराई भने फरक र जनताको काम गर्ने सांसदको रुपमा संसदमा उपस्थित हुने विश्वास ब्यक्त गरे ।

‘चार थरी सांसद छन्,’ उनले भने, ‘हराउने सांसद चुनाव जितेपछि ५ वर्षसम्म सांसद कहाँ गयो अत्तोपत्तो हुँदैन । नेताको विरोधमा बोल्यो भने पदै जाला कि भनेर डराउने सांसद हुन्छन् । सांसद भएको छैन दशथरी भत्ता सुविधा कहाँबाट पाइन्छ भनेर खोजिरहेको विराउने सांसद हुन्छ । अर्को सांसद जतिखेर पनि संसदमा कराउने हुन्छ । तर, तपाईँले पठाउनु हुने सांसद गोविन्द भट्टराई यी मध्ये पर्नुहुन्न । काम गर्ने सांसदमा पर्नुहुन्छ ।’

भट्टराईले वर्षौं काम गरेको आधारमा आफूले यस कुराको ठोकुवा गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *