रामचन्द्र पौडेलले गरेका विकासका बाचा पूरा गर्न उपचुनावमा उठेको छु : गोविन्द भट्टराई

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उपचुनावमा तनहुँ १ बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले रामचन्द्र पौडेलले गरेका विकासका बाचा पूरा गर्ने बाचा गरेका छन् ।

उम्मेदवारी मनोनय दर्ताको तयारीका अवसरमा एक कार्यक्रमको आयोजना गरी उनले यस्तो बताएका हुन् ।

‘झण्डै ४० वर्षदेखिको तपाइँको राजनीतिको सहयात्री गोबिन्द भट्टराईलाई जिताएर यस ठाउँको विकासका लागि रामचन्द्र पौडेलले गर्नुभएको विकासको बाचा पूरा गर्ने अवसर दिनुहुने अपेक्षा गरेको छु,’ उनले भने ।

यो क्षेत्रमा पर्यटन, ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा जस्ता आर्थिक क्षेत्रका पूर्वाधार विकास गर्ने र सामाजिक विकासमा समेत योगदान गर्ने आफ्नो योगदान भएको भन्दै उनले अब त्यो अवसर आफूलाई प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

नेपाली कांग्रेसले देशको राजनीतिक आधिकारको आन्दोलनमा लामो समयदेखि काम गर्दै आएको र आफू पनि तनहुँको विकासमा निरन्तर सक्रिय रहेको भन्दै उनले योगदान, विकासका काम र निष्ठाका आधारमा आफूलाई जित्न अन्य उम्मेदवारलाई चुनौतीसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *