तनहुँमा मनोनयन दर्ता गर्न दलहरूलाई निर्वाचन कार्यालयले दियो छुट्टाछुट्टै समय

दमौली । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ १ मा उपनिर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । जिल्ला समन्वय समिति तनहुँमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

कार्यालयले मनोनयनका लागि दलहरूलाई छुट्टाछुट्टै समय दिएको छ । एकैपटक दलहरू आउँदा भिडभाड हुने भन्दै समय तोकिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए । नेकपा एमालेलाई ११ बजे, कांग्रेसलाई १२ बजे, राप्रपालाई १ बजे र रास्वपालाई २ बजे समय दिइएको छ ।

कांग्रेसले गोविन्द भट्टराईलाई टिकट दिएको छ भने एमालेले सर्बेन्द्र खनाल तथा रास्वपाले भर्खरै कांग्रेस छोडेका स्वर्णिम वाग्लेलाई टिकट दिएको हो । राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाएको छ । मनोनयन दर्ताका लागि २५ जना भन्दा बढी र्‍याली ननिकाल्न उर्दी जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *