बारा-२ मा एमालेले दियो पूर्वमन्त्री पौडेललाई टिकट

काठमाडौँ । बारा-२ को उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुङ्ग्याएको हाे ।

पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।

यसअघि बारा-२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैँ त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा-२ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *