मुम्बईलाई हराउदै बेंग्लोरको विजयी सुरुआत

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बैंगलोरले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गर्दै नयाँ सिजनको सुखद शुरुवात गरेको हो ।
मुम्बईले दिएको १७२ रनको लक्ष्य पछाएको बैंगलोरले १६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ७३ रन बनाए भने विराट कोहलीले अविजित ८२ रन बनाएका थिए । फाफ र विराटले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए । त्यस्तै दिनेश कार्तिक शुन्यमा आउट भएका थिए भने ग्लेन म्याक्सवेलले अविजित १२ रन बनाएका थिए । मुम्बईका बलर अर्शद खान र क्यामरुन ग्रीनले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ८४ रन बनाए । बर्माले ४६ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै मुम्बईका लागि नेहल वाडहेराले २१ रन बनाए सूर्यकुमार यादव र अर्षद खानले १५-१५ रन बनाएका तिह्ये । त्यस्तै कप्तान रोहित शर्माले १, इशान किशनले १०, क्यामरुन ग्रीनले ५, टिम डेविडले ४ र ऋतिक शोकीनले ५ रन बनाएका थिए ।
त्यसैगरि रोयल च्यालेन्जर्स बैंगलोरका बलर कर्ण शर्माले २ विकेट लिए भने मोहमद सिराज, रीस टोपली, आकास दीप, हर्षल पटेल र मिचेल ब्रेसवेलले एक एक विकेट लिएका थिए ।
यो जितपछि बैंगलोरले महत्वपूर्ण २ अंक बटुलेको छ भने मुम्बईको हारसँगै नयाँ सिजनको शुरुवात भएको छ ।








