प्रदेश खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त गर्दै गण्डकी सरकार, युवा संघको डेलिगेसन

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त गर्ने अन्तिम तयारी गरेको छ।

तेज गुरुङ उमेरहदका कारण अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा सरकारले नयाँ नियुक्ती गर्न लागेको हो । तर सरकार कामचलाउ अवस्थामा पुगेकोले तत्काल नियुक्त नगर्न एकीकृत समाजवादी निकट युवा संघले ध्यानाकर्षण गराएको छ ।

युवा संघ गण्डकी प्रदेश सचिव सन्तोष अधिकारी नेतृत्वको टोलीले सामाजिक विकास सचिवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण अहिलेको सरकार अल्पमतमा परिसकेको छ । अल्पमतमा रहेका बेला दीर्घकालीन असर पर्ने निर्णय गर्न मिल्दैन ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले भने ‘अहिलेको सरकार अल्पमतमा परेको छ र कामचलाउ अवस्थामा सीमित भइसकेको छ ।यस्तो अवस्थामा कामचलाउ सरकारले महत्वपूर्ण निर्णयहरु अगाडि बढाउनु उचित छैन र सदस्य सचिव नियुक्तिकै सन्दर्भमा उच्च अदालत पोखरामा दर्ता भएको रिट उपर पनि फैसला आइसकेको छैन ।’

नयाँ सरकार गठन नहुँदासम्म सदस्य सचिव नियुक्त नगर्न उनीहरुको माग छ । सदस्य सचिव नियुक्ती सम्बन्धि उच्च अदालतमा रिट समेत परेको थियो । अदालतले ३ जनाको नाम फालेर छनोट प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *