गण्डकी प्रदेशको नाम राखेको ५ वर्षपछि मगर संघको आपत्ति, मगरात जोड्न माग

पोखरा । २०७५ असार २२ गते तत्कालीन प्रदेश नम्बर ४ को नाम गण्डकी बन्यो । तत्कालीन नयाँ शक्ति पार्टीका २ सांसद बाहेक सबैको समर्थनबाट गण्डकी नामाकरण भएको हो । नयाँ शक्तिका हरिशरण आचार्य र धनमाया लामाले गण्डकी नामको विपक्षमा मतदान गरेका थिए।

कांग्रेस, एमाले, माओवादी र जनमोर्चाका सबै सांसदले पक्षमा मतदान गरे । प्रदेशको नामाकरण भएको ५ वर्षपछि प्रदेशको नामप्रति मगर संघले आपत्ति जनाएको छ । संघले गण्डकीको नाममा मगरात पहिचान जोड्न माग गरेको छ ।

मगर संघको गण्डकी तमुवान मगरात समितिले नाम सच्याउन माग गरेको अध्यक्ष तारा माया थापा मगरले बताइन् । पोखरामा दोश्रो अधिवेसन पछि विज्ञप्ती जारी गरि संघले प्रदेशको सरकारी कामकाजको भाषको रुपमा मगर भाषालाई प्रयोग गर्न माग राखेको छ ।मगर ढुट भाषालाई अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

मगर जातीको आदिम सभ्यतासँग जोडिएको मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणको महाअभियान प्रति प्रतिबद्धता जनाएको छ । यस्तै, जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था लागू गर्नेपर्ने उनीहरुको माग छ ।

संघले पोखराको पृथ्वीचोकमा पृथ्वी जयन्तीको दिन राप्रपाले पृथ्वी नारायण शाहको फोटो अंकित डोम हटाउन माग गरेको छ । लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा नहटाए द्वन्द्व निम्तिने चेतावनी समेत संघले दिएको छ । लखन थापा र पृथ्वीनारायण शाहको शालिकसँगै राखेर अपमान गर्न खोजिएको घोषणापत्रमा उल्लेख छ ।

मगर संघले भनेको छ, ‘नेपालको प्रथम सहिद क्या. लखन थापा मगरको शालिकलाई विस्थापित गर्ने षडयन्त्रका साथ राखिएको पृथ्वीनारायण शाहको सालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’

‘लखन थापाको खुट्टामा पृथ्वीनारायण शाह हुनुहुन्छ । यो पृथ्वीनारायण शाहप्रति पनि अपमान हो,’ मगरले भनिन्, ‘यही कारणले जातीय द्वन्द्व हुने हो कि भन्ने गलत सन्देश बाहिर गएको छ ।’

जनआन्दोलनका बेलामा तत्कालीन वाइसिएलले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेका थिए । शनिबार भएको दोस्रो अधिवेशनले तारामाया थापा मगरको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *