प्रभु लाइफद्वारा निवेदन प्राप्त भएकाे एक हप्तामै दाबी भुक्तानी

काठमाडाैँ । मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण कागजातसहित निवेदन प्राप्त गरेको एक हप्तामै प्रभु लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । ३ वर्षअघि प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गराएका श्याम कृष्ण तिमिल्सिनाको निधनपछि निजको परिवारलाई एक कार्यक्रमका बिच दाबी भुक्तानी दिइएको हो ।

मृतकको निवासमा भएको दाबी भुक्तानी कार्यक्रममा चाँगुनारायण नगरपालिका ८ का वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष जनक खत्रीले छिटो छरितो तरिकाले दाबी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद प्रकट गरे । साथै यसरी जीवन बिमा कम्पनीले चुस्त रूपमा दाबी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बिमाप्रति विश्वास बढ्ने र आम मानिस आकर्षित हुने औँल्याए ।

दाबी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मानबहादुर विष्ट मदनले मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण गर्दै मृत्यु पश्चात् पनि परिवारप्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बिमा रहेको बताए ।

‘यदि कदमकदाचित केही भएमा सीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ,’ प्रदेश विष्टले भने ।

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, वरिष्ठ एजेन्सी म्यानेजरहरू दीपक न्यौपाने, बबिन दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अञ्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *