लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु, एकजना घाइते

पोखरा । मुस्ताङमा एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको मृत्यु भएको हो ।

२२ जनाको टोली गएकोमा अर्का एकजना घाइते भएका छन् ।  थाङ्ला जोमसोमबाट मुक्तिनाथ जानेक्रममा रानीपौवा बसपार्कमा लेक लागेर बेहोस भएकी थिइन् ।

उपचारका लागि जोमसोम अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् पनि लेक लागेर घाइते छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *