ससुराली गएर माछा मार्ने क्रममा स्याङजाबाट ३ जना चिनियाँ पक्राउ

पोखरा । स्याङजाबाट ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अर्जुन चौपारी गाउँपालिका ३ चिन्नेबासमा अवैध ढंगले माछा मारिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसिन, जाल र माछा समाउने जाली तथा हाइलक्स गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

४१ वर्षीय यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु पक्राउ परेका प्रहरीले जनाएको छ । तीनैजनालाई जनही ५ हजारका दरले जरिवाना तिराइएको छ । उनीहरु जिल्ला प्रशासन कार्यालयको नियन्त्रणमा छन् ।

पक्राउ पर्नेमध्ये गाहुले पुतलीबजारमा विवाह गरेका खुलेको छ । ससुराली गएको अवसरमा उनीहरु दरौँखोला गएर माछा मारेका थिए । उनीहरु चढेको गाडीसमेत गाहुकी श्रीमति सजिना सारुको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *