२०८० मा गण्डकीमा ३ दिन अतिरिक्त सार्वजनिक विदा

पोखरा । गण्डकीमा यो वर्ष ६ दिन अतिरिक्त सार्वजनिक विदा थियो । आगामी वर्ष २०८० मा भने ३ दिन मात्रै थप विदा हुने भएको छ । आन्तरिक मामिला मन्त्रालयले निकालेको राजपत्र अनुसार भानु जयन्ती, कोजाग्रत पूर्णिमा र गण्डकी प्रदेश स्थापना दिवसमा मात्रै विदा दिन लागिएको हो ।

असार २९ गते पर्ने भानु जयन्ती, कात्तिक ११ गते पर्ने कोजाग्रत पूर्णिमा र फागुन ४ गते पर्ने सरकारको स्थापना दिवसमा विदा दिने गरी राजपत्र प्रकाशन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *