पोखराको न्यूरोडमा नगरबसको ठक्करले एकजना गम्भीर घाइते

पोखरा । पोखराको न्यूरोडमा नगरबसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । ग १ ज ४५४० नम्बरको सानो माइक्रो बसले ग ५ प ९४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा सिर्जनाचोकका ४५ वर्षीय सुरज थकाली घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ । दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

बस अनियन्त्रित रुपमा जथाभावी दौडाउने र अन्य सवारी साधनलाई ‘टर्चर’ दिने घटना पहिले देखिकै हो । प्रहरीले यसलाई व्यवस्थित गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *